सार्वभौमसत्ताको हत्या

नागरिक दैनिक

युवराज गौतम

इथियोपियाले सन् १९३१ मा संविधान बनाउँदा जापानको ‘मेइजी’ संविधानका असल र उदार पक्षलाई प्रेरणाको स्रोत मानिएको थियो। त्यसको चौध वर्षपछि दोस्रो महायुद्धकै सेरोफेरोमा जापानले आत्मसमर्पण गर्नुपर्‍यो, पश्चिमी राष्ट्रको गठबन्धनसँग। त्यसपछि संविधान खारेज गर्दै सम्राटका अधिकार संकुचित गरियो। जित्ने राष्ट्र अमेरिकाले तयार पारिदिएको संविधान पराजित जापानले स्वीकार गर्न कर लाग्यो।

मेइजी संविधान दुई हजार पाँच सय शब्दभन्दा बढी थिएन। ‘गागर में सागर’ भनेझैँ धेरै कुरा त्यसमै समेटियो। नयाँ संविधान विवादमा पर्दै गयो। हाम्रो सार्वभौमसत्ताको हत्या भयो भन्दै त्यहाँका लाखौं नागरिक जुर्मुराए। संशोधन गरेर थामथुम पार्ने प्रयत्न भयो।

प्रकाशित मिति: : 2022-02-11 10:19:00

प्रतिकृया दिनुहोस्