देउवा–ओली–प्रचण्डलाई अमेरिकी मन्त्रीको धम्कीः एमसीसी पारित गरियाेस्

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता फेब्रुअरी २८ भित्रै पारित नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध समीक्षा गर्नसक्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको छ।

समाचारहरूमा प्रमुख तीन राजनीतिक पार्टीका शीर्ष नेताहरूसँगको टेलिफोन संवादमा लुले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुनरावलोकन गरिने बताइएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग टेलिफोन वार्ता गरेको बताइएको छ।  टेलिफोन संवादको क्रममा उनले एमसीसी जतिसक्दो चाँडो संसदबाट अनुमोदन गराउन देउवा–ओली–प्रचण्डलाई आग्रह गरेकाे बताइएकाे छ।

समाचारमा प्रधानमन्त्री देउवासँगकाे फोनवार्तामा सहायक मन्त्री लूले फेब्रुअरी अन्तसम्म संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुने चेतावनी समेत दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई उदृत गरिएको छ।

शीर्ष नेताहरूलाई सीधै फोन गरेर मन्त्रीले एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन राेकिए अमेरिका–नेपाल सम्बन्ध बिग्रने संकेत गरेका छन्।

स्राेतका अनुसार प्रधानमन्त्री देउवाले आफू र गठबन्धनका नेताहरू एमसीसी अनुमोदन गर्न प्रतिवद्ध रहेको जवाफ फर्काएका छन्।

प्रकाशित मिति: : 2022-02-11 06:31:00

प्रतिकृया दिनुहोस्