१७ वर्षदेखि इन्द्रचाेकमा उभिरहेकाे मीठाे लस्सी, कसरी पर्‍याे सबैकाे राेजाइमा ? [भिडियाे]

ऐतिहासिक महत्व बोकेको इन्द्रचाेक काठमाडाैँकाे मुख्य व्यापारिक स्थाल हाे। जुन चाेक ६ वटा सडकहरू मिलेर भनेकाे छ। मारु, काठमाडौं दरबार स्क्वायर, माखन, जनाबहा, असन र नक्सालको केन्द्रबिन्दुमा छ, इन्द्रचोक।

इन्द्रचोकको आकाश भैरव मन्दिरकाे भुँइतल्लामा छ, पुरानो मीठो लस्सी पसल। इन्द्रचोकको त्यो भीडमा रहनेहरु यो लस्सी पसलमा लस्सी खान आइरहन्छन्। अझ गर्मी मौसममा त झन यहाँ लस्सी खानेहरूकाे भीड लाग्ने नै भयाे।

१७ वर्ष अगाडि सुनिलमान सिंहले यो लस्सी पसलकाे सुरुवात गरेका हुन्। उनले व्यावसाय सुरु गर्दा यहाँ वरिपरि अरु लस्सी पसल थिएनन्। तर, अहिले वरिपरि अरु लस्सी पसल पनि छन्। पहिलेको तुलनामा पसलको व्यापार बाँडिएकाे छ, अहिले। तर, पनि पुरानो ग्राहक सँगै नयाँ पनि उनकै पसलमा लस्सी पिउन आउँछन्।

अहिले यहाँ सुनिलमान खासै पसलमा भेटिनन्। बरु यहाँ उनका भाइहरुले पसल सम्हालिरहेका छन्। कुशल पराजुली लगायतको टिमले लस्सी खान आउने ग्राहकलाई भ्याइनभ्याइ लस्सी दिइराखेका हुन्छन्। लस्सी खान्छन, पैसा दिन्छन जान्छन। उनीहरु कसैलाई गफ गर्ने फुर्सद हुँदैन, नत लस्सी बेच्नेलाई नत लस्सी खानेलाई।

साेह्राखुट्टे, पाटन, चावहिलमा पनि मीठो लस्सिको शाखा खुलिसकेका छन्। र, पनि सबैभन्दा व्यापार चै यहीँ इन्द्रचोकको मीठो लस्सिको नै हुने गर्दछ। खुवा, दही, किसमिस मसलाहरु मिसाएर बनाउने गरेको लस्सी एकदमै मन पराउँछन खानेहरु। अर्गानिक मिश्रणहरुबाट बनेको यहाँको लस्सी स्वास्थको लागि पनि धेरै राम्रो छ।

यहाँ लस्सिको दुई तरिकाले बेच्छन्, उनिहरु। सानो ग्लासको ४५ रुपैयाँ र ठूलो ग्लासको ८० रुपैयाँमा बेच्ने गर्दछन्। कहिलेकाहीँ बिहे/भोज पार्टी प्यालेसबाट पनि अर्डर हुन्छ। त्यस्तो बेलामा एकैचोटी धेरै अर्डर पुर्याउनुपर्ने हुन्छ।

लस्सी पसलले उनीहरुको घर व्यावहार राम्रै चलेको बताउँछन्। यस्तै सानातिना व्यापार गरेर पनि आफ्नै देशमा बस्न सकिने बताउँछन, उनिहरु। जहाँ गए पनि दु:ख गर्नैपर्छ काम गर्नैपर्छ आफ्नै देशमा काम गर्न पाउनु उनीहरु आफूलाई भाग्यमानी ठान्छन्। अब गर्मी मौसम सुरु हुन लागेपछि उनीहरु खुसी छन्।

प्रकाशित मिति: : 2022-02-10 19:10:00

प्रतिकृया दिनुहोस्