सुनकाे मूल्य तोलामा पाँच सयले बढ्यो

File Photo
File Photo

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ। सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ। सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार  प्रतितोलामा एक हजार २६० रुपैयाँ  निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-02-08 11:35:00

प्रतिकृया दिनुहोस्