अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता

File Photo
File Photo

 

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ।सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ। इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत् जनाएको हो। इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उहाँहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ।सो वक्तव्यका अनुसार फोनवार्ताकै क्रममा प्रधानमन्त्री बेनेटले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायल भ्रमणको निम्ता दिएका थिए।इरानी आणविक कार्यक्रमका कारण पछिल्लो समयमा अमेरिका र इरानबीच विवाद उत्पन्न भएको छ।
 

 

प्रकाशित मिति: : 2022-02-07 14:16:00

प्रतिकृया दिनुहोस्