सुनको मूल्य एक सयले बढ्यो

File Photo
File Photo

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ। शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-02-07 11:12:00

प्रतिकृया दिनुहोस्