'तरलताको समस्या समाधान गर्न आर्यातमा थप कडाई गर्नुपर्छ'

शनि शाक्य

काठमाडाैं

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता समस्या समाधानका लागि आर्यातमा थप कडाई गर्नुपर्ने सुझाव दिएको छ। 

परिसंघले सार्वजनिक गरेको तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदनमा आर्यात थप कडाइ गरी आर्यातित वस्तुमा शत प्रतिशत नगद मार्जिन गरेर तरलतामा सहज स्थिति आउन सक्ने जनाएको छ।

परिसंघका सदस्य  रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिले तरलता समस्याको कारण र समाधानको उपायसमेत  समावेश गरेको छ।

पौडेलले बैंक तथा वितिय संस्थाहरु अनुशासनमा रहेको तर सोचे जस्तो नहुँदा बारम्बार समस्या रहेको बताएका छन्।

‘निरन्तर पुँजी वृद्धि, छिटोछिटो परिवर्तन हुने नीतिका कारण पनि यो समस्या आउने गरेको हो,’उनले भने। यस्तै उनले सरकारी पुँजीगत खर्च बढाउनुपर्नेमा पनि जोड दिए।

अध्ययनअनुसार २०७८ असारमा ४७ प्रतिशत रहेको निक्षेपको अंश २०७५ मा ५४.३ प्रतिशत पुगेको छ। बचतको अंश ५४.३ प्रतिशतबाट ३१.५ प्रतिशतमा झरेको छ। बैंकहरूको निक्षेपमा चल्ती र बचतको अंश घट्दै गइरहेको छ।


 

प्रकाशित मिति: : 2022-02-06 16:58:00

प्रतिकृया दिनुहोस्