पाश्र्व गायिका अर्थात् लता मंगेशकर

tribune india
tribune india

भारतकी चर्चित पाश्र्व गायिका हुन्–लता मंगेशकर। जो संगीतकार दीनानाथ मंगेशकरकी छोरी हुन्। जसले कयौँ सुपरहिट गीत गाएकी छन्।

१३ वर्षकी उमेरमा संगीत क्षेत्रमा पाइला टेकेकी उनको पहिलो गीत थियो–‘माता, एक सपूत की दुनिँया बदल दे तू’ जुन मराठी भाषामा १९४२ मा रिलिज भएको थियो। उनले १९६४ मा फिल्म ‘हकिकत’ मा गीत गाएकी थिइन्।

जसको नाम थियो, ‘जरासी आहट।’ यो गीतले उनलाई निकै चर्चित बनाएको थियो। सोही वर्षमा उनको अर्को गीत–‘लग जा गले’ रिलिज भयो। जुन गीतले उनलाई नयाँ पहिचान मिल्यो। आफूले गाएका गीतका कारण उनी धेरै पुरस्कारहरुबाट पुरस्कृत पनि भएकी छन्।  उनले २५ हजार भन्दा बढी गीत गाएकी छन्। जसमा उनको केही उत्कृष्ट गीतहरु रहेका छन्। जसलाई तल दिइएको छ।

१. ‘तुझे देखा तो ये जाना सनम’
१९९० जनवरीमा रिलिज भएको फिल्म थियो–‘दिलवाले दुल्हनिया लेजाये’ जहाँ बलिउडका चर्चित अभिनेता शाहरुख खान र अभिनेत्री काजोलले अभिनय गरेकी थिइन्। फिल्मको चचिएत गीत थियो, ‘तुझे देखा तो ये जाना सनम’ जसलाई लता मंगेशकरले गाएकी थिइन्। जुन गीतलाई दर्शकहरुले अहिलेसम्म बिर्सेका छैनन्। 

२.‘होठो मे एसी बात’
‘जेवेल थिफ’ १९६७ मा आएको फिल्म हो। जहाँ वैजयंती माला र देव आन्नदको अभिनय रहेको थियो। लताले फिल्ममा ‘होठो मे एसी बात’ भन्ने गीत गाएकी थिइन्। 

३. ‘अजिब तास्ता है ये’ 
१९६० मा रिलिज भएको फिल्म थियो–‘दिल आपना और प्रीत पराई’। जसलाई किशोरे साहूले बनाएका थिए। जहाँ ‘लिड रोल’ मा थिए–राज कुमार र मिना कुमारी। सोही फिल्मको चर्चित गीत हो–‘अजिब तास्ता है ये’। जसलाई लताले गाएकी थिइन्। 

३. ‘कभी खुशी कभी गम’
२००१ मा करण जौहरले निर्देशन गरेको फिल्म हो–‘कभी खुशी कभी गम’। जहाँ बलिउडका चर्चित कलाकारहरुलाई देखाइएको छ। जहाँ अमिताभ बचन, जया बचन, शाहरुख खान, काजोल, ऋतिक रोशन र करिना कपूरको अभिनय रहेको छ। फिल्ममा चर्चित गीत छ–‘कभी खुशी कभी गम’। जुन लताले गाएकी हुन्। 

४.‘हमको हामीसे चुरालो’ 
२००० मा आदित्य चोपडाले निर्देशन गरेको फिल्म थियो–‘मोहब्बते’। जहाँ अमिताभ बचन, शाहरुख खान र ऐश्वर्या राय मूख्य कलाकार थिए। फिल्ममा दर्शकहरुले रुचाएका गीत थियो–‘हमको हामीसे चुरालो’। जसमा लताको स्वर थियो। 

लताले गाएका चर्चित गीतहरुमध्ये ‘लग जा गले’ पनि एक हो। जुन अहिले पनि दर्शकहरुका लागि लोकप्रिय बन्न सफल भएको छ। उनले ३६ भाषाका गीतहरु गाएकी छन्। जसमा नेपाली गीतहरु पनि समावेश छन्। 

१. ‘आकाशको तिरमीर तारा म गन्न सक्दिन’
मंगेशकरले गाएको यो गीतमा मबिबि शाह (महेन्द्र वीर विक्रम शाह) को शब्द रहेको छ भने गीतमा संगीत हेमन्त कुमारले भरेका छन्। 

२. ‘जुन माटोमा जन्मेउ हामी’
मंगेशकरले गाएको अर्को गीत ‘जुन माटोमा जन्मेउ हामी’ हो। यो गीत चलचित्र ‘माइतीघर’ का लागि बनाइएको थियो। यसमा जयदेवको संगीत रहेको छ।

३. ‘बाचुन्जेलीलाई’
गायक रामकृष्ण ढकाल र लताको स्वरमा सन् २०१२ को नोभेम्बरमा यो गीत ‘बाचुञ्जेलीलाई’ सार्वजनिक भएको थियो। यो गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने, आनन्द अधिकारीको शब्द रहेको छ। नेपालमा १९५४ पहिलोपल्ट काम गरेकी लताको ९२ वर्षको उमेरमा निधन भएको छ। जसले फिल्म क्षेत्रमा धक्का लागेको छ। 

प्रकाशित मिति: : 2022-02-06 20:10:00

प्रतिकृया दिनुहोस्