जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छाउन थालिएको छ। बिहीबार दिउँसोदेखि लगातार परेको हिउँ शनिबार रोकिएपछि बिहानैदेखि हिउँ पन्छाउन थालिएको हो। धावनमार्गको हिउँ पन्छाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।