एमसीसी भर्सेस गठबन्धन : दुई दिने दौडधूपपछि देउवा ‘कुलडाउन’

रातोपाटी

काठमाडौं

बितेका पछिल्ला दुई दिनमा विवादित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रकरण निकै पेचिलो बनेपछि सत्ता गठबन्धनमा ‘लगभग’ खटपटकै स्थिति बन्यो। एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने र नयाँ समीकरण बन्नेसम्मका ‘कोट अनकोट’ समाचारहरू सार्वजनिक भए। यद्यपि दलका नेताहरूले गठबन्धन नटुट्ने दाबीचाहिँ गरी नै रहे।

सत्ता गठबन्धनका नेतासमेत रहेका प्रधानमन्त्री शरबहादुर देउवा एमसीसी संसदमा टेबल गर्नुपर्ने र अन्य दुई (माओवादी केन्द्र र एकीकृत समाजवादी)  दल संशोधनविना सम्झौताअघि बढाउनै नहुने अडानमा उभिएपछि तीन नेताबीच ‘खटपट’ को अवस्था आएको हो।

 

प्रकाशित मिति: : 2022-02-03 19:20:00

प्रतिकृया दिनुहोस्