आलेको जात्रा: विचाराधीन मुद्दा र वरिष्ठता कुल्चँदै चरम विवादित पात्र महानिर्देशक नियुक्त !

लोकान्तर

काठमाडौँ

सरकारले ६ जना वरिष्ठ र क्षमतावान कर्मचारीलाई पन्छाउँदै कनिष्ठ एवं सर्वाधिक विवादित पात्र प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अस्ति (सोमवार) नै आफूले प्रस्ताव लगेको र मन्त्रिपरिषद्ले अधिकारीलाई महानिर्देशक नियुक्त गरेको बताए ।

प्राधिकरणमा ३४ वर्षसम्म सेवा गरेका वरिष्ठ पन्छाएर जम्मा १४ वर्ष मात्रै काम गरेका अधिकारी महानिर्देशक भएका छन् । मन्त्रिपरिषद्को निर्णय औपचारिकरूपमा सार्वजनिक भने भएको छैन ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन बनाउँदा आर्थिक अपचलन गरेको आरोप अधिकारीमाथि छ । 

प्रकाशित मिति: : 2022-02-02 18:11:00

प्रतिकृया दिनुहोस्