बरु गठबन्धन तोडियाेस् तर माओवादीले यथास्थितिमा एमसीसी पास गर्न दिँदैन: रामदिप आचार्य (भिडियाे)

कमल प्रभात

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हुन्, रामदिप आचार्य। उनी पार्टीभित्र अध्ययनशील र प्रखर बक्ताका रूपमा परिचित छन्।

विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका उनले पार्टीका विभिन्न पदमा रहेर काम गर्दै आएका छन्। उनै नेता आचार्यसँग एमसीसीले सत्ता गठबन्धमा ल्याएकाे तरङ्ग र आगामी जेठमा हुन लागिरहेकाे स्थानीय तहकाे चुनावका बिषयमा बिएल नेपाली सेवाकाे लागि कमल प्रभात विकले गरेकाे कुराकानी प्रस्तुत छ:


अध्यक्ष प्रचण्डलाई गठबन्धन जोगाउन कठिन भएका बेला गठबन्धनभित्रै एमसीसीको चर्चा चल्नुले माओवादीमा कस्तो तरङ्ग ल्याएको छ ?

माओवादी पार्टीलाई यसले केही पनि प्रभाव पार्दैन। हामी हाम्रो राष्ट्रिय स्वाधिन्ताको मुद्दा उठाएका हौँ। हाम्रो देशको सार्वभौमिकताको मुद्दालाई हामीले उठायौँ। हामी नेपाली जनताले चुनेका जनप्रतिनिधिहरुले जुन कानुन बानाएको छ, संविधान बनाएको छ, त्यो भन्दा माथि अरु केही पनि छैन, भन्ने कुरालाई हामीले जगजारए गराएका हौँ। त्यसकारण राष्ट्रियताको मुद्दालाई, सार्वभौमिकतालाई उठाउँदा माओवादी पार्टीलाई झान सजिलो पो भएको छ।

माओवादीले एमसीसीको समर्थन नगर्दा सत्ता गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका छ, नि ?

त्यसैले मैले के भनेँ भने, गठबन्धन र सरकारभन्दा माथि देश हो। हाम्रो पार्टीहरुका आपसी हितहरुभन्दा राष्ट्रिय स्वाधिन्ता माथि छ। यदि हाम्रो राष्ट्र स्वाधिन भयो भने सरकार बन्छ, पार्टीहरु बन्छन्। त्यसले विकास निर्माणका कामहरु गर्छन्। यदि देश गुलाम बन्यो भने गठबन्धनले पनि केही काम गर्दैन, सरकारले पनि केही गर्दैन, पार्टीहरुले पनि केही काम गर्न सक्दैन। संसारका सबै देशहरु उपनिवेशबाट मुक्त भएको अवस्थामा हामी फेरि कुनै न कुनै रुपको, कुनै शक्ति केन्द्रहरुको खटनलाई मनन् गर्दैनौँ। त्यसलाई स्वीकार गर्दैनौँ।

भनेपछि संशोधन नगरी एमसीसी पास गर्नु हुँदैन भन्ने पक्षमा माओवादी केन्द्र छ ?

एकदमै, नेपालका कानुनसँग बाझिएका अरु कानुनहरु खारेज हुनुपर्छ। तर, अन्य सम्झौताहरु बाँझिएको हकमा नेपालको संविधान निलम्वन हुने कुरा हामी कसरी स्वीकार्न सक्छौँ। अन्य शक्ति राष्ट्र केन्द्रहरुको सैन्य गठबन्धनमा इन्डोप्यफिक सैन्य रणनीतिअन्तर्गत जाने कुरालाई हामी कसरी स्वीकार गर्न सक्छौँ ? यी दुई आधारभूत कुरा हुन्, एमसीसीमा। त्यो कुरा करेक्सन भयो भनेपछि सबै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले, मित्र राष्ट्रहरुले गर्ने सहयोगलाई स्वीकार गर्छाै। तर, देशको स्वाधिन्तालाई गुमाउने गरी हामी त्यो सहयोग लिन सक्दैनौँ।

एमसीसी तत्काल संसदमा लैजाने कुरा छ, तपाईंहरु रोक्न सक्नुहुन्छ ?

होइन, रोक्ने भन्ने कुरा छैन। यदि सदनमा जान्छ भने संदनमा सार्वभौम सत्ता सम्पन्न देशका नागरिकहरुले चुनेका प्रतिनिधिहरुले आफ्नो देशको हितमा छ कि छैन भन्नै फैसाला गर्छन्। जनताले हेर्छन् नि त, आफ्ना प्रतिनिधि कसले देशको हितमा मतदान गर्‍यो, कसले अहितको लागि मतदान गर्‍यो भन्ने कुरा त सबै नेपालीले थाहा पाउँछन् नि त। त्यसैले केही अप्ठारो पार्दैन।

माओवादीभित्र एमसीसीको विषयमा एक मत छ कि छैन ?

यथास्थितिमा पास गर्नु हुँदैन। परिमार्जन गरेर नेपालको हितमा हुने कुरालाई वा सहयोगलाई लिनुपर्छ भन्ने कुरामा माओवादीमा एक  मत छ।

एमसीसीको विषयले यदि गठबन्धन नै तोड्ने अवस्था आयो भने के गर्नुहुन्छ ?

अहिले गठबन्धन प्रतिगमनका विरुद्धको संघर्षको क्रममा राजनीतिक उद्देश्यका लागि भएको हो। यदि हाम्रो राष्ट्रिय स्वाधिन्तामाथि सौदाबाजी हुन थाल्यो भने गठबन्धनभन्दा हामीले राष्ट्रिय हितलाई पहिलो प्रथामिकतामा राख्छौँ र राख्नुपर्छ।

तपाईंको पार्टी अध्यक्ष प्रचण्डले एमसीसीकाे लागि गठबन्धन ताेड्न तयार हुनुहोला ?

मैले भनेँ, हाम्रो गठबन्धनले नै राष्ट्रिय हितको लागि बोल्नुपर्छ। पहिलो कुरा त्यो भयो। हामीले एउटा उद्देश्यका निम्ति, राजनीतिक मिसनका निम्ति प्रतिगमनलाई प्ररास्त गर्ने्, नेपालको संविधालनाई कार्यन्वयनमा ल्याउने र जनप्रतिनिति संस्थालाई अछ्युन्न राख्ने उद्देश्यका निम्ति गठबन्धन गरिएको हो। त्यो गठबन्धनले राष्ट्रिय हितलाई पनि मध्यनजर गर्नुपर्छ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने तत्काल एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ नि ?

उहाँका पनि केही बाध्यता र समस्याहरु होलान्। त्यो कुरालाई गठबन्धनले नजिकबाट हेरेको छ। प्रधानमन्त्रीका बाध्यता देशका बाध्यताभन्दा ठूला छैनन्।

भनेपछि एमसीसी तत्काल पास हुँदैन ?

परिमार्जन गरेर पास हुन्छ। यथास्थितिमा हुँदैन। 

स्थानीय तहको निर्वाचन जेठमा गर्ने कुरा छ। त्यसप्रति तपाईंहरुको धारणा के छ ?

होइन, ऐनले जनप्रतिनिधको म्याद सकिएको दुई महिनाभित्र चुनाव गर्ने भन्यो। संविधानले चाहिँ ६ महिनापछि गर्ने भन्यो। ऐन र संविधान नबाझियोस् भन्ने कुरा मात्रै हामीले भनेको। संघीय लोक्तान्त्रिक, गणतन्त्रका निम्ति माओवादीले धेरै ठूलो योगदान गरेको छ, नि। यो व्यवस्था ल्याउनको लागि माओवादीले ठूलो लगानी गरेको छ। त्यसकारण यो व्यवस्थालाई कार्यन्वयन गर्न, जोगाउन, जनताको विकासमा परिमार्जन र विकास गर्नु त हाम्रो दायित्व हो। त्यसकारण यो प्रणालीलाई संस्थागत नगरे पो माओवादीलाई दुःख हुन्छ। यो प्रणालीलाई संस्थागत गरेर अगाडि जाँदा माओवादीलाई अप्ठारो हुँदैन, माओवादीका लागि झन् सुखद कुरा हो।

हार्ने डरले चुनाव पछि सार्न खोजेको हो ?

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछाडिको पहिलो चुनाव कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा गराएको हो। माओवादी पार्टी त्यतिबेला दोस्रो हुँदैन भन्ने हामीलाई थाहा थियो। तेस्रो दल हुन्छ भन्ने कुरा जाँन्दा जाँन्दै पार्टीले हारे पनि देशले र हाम्रो एजेण्डाले जित्नुपर्छ भनेर हामीले बनाएको हो। हाम्रो एजेण्ड र पार्टीले जित्छ भनेपछि हामीलाई पराजय स्वीकार्य छ। तर, यो कुरा पनि जनताले अनुभूत गरेको छ कि माओवादीले भनेअनुसार देश अघि बढ्ने तर माओवादीले नेतृत्व गर्न नपाउने कुरा त अन्तरविरोधी भयो। त्यसकारण माओवादीकै नेतृत्वमा यी एजेण्डा कार्यन्वयन गर्नुपर्छ भन्नेर मान्छेले भोट दिन्छन्। यसमा हामी ढुक्क छौँ।

भनेपछि तपाईंहरु चुनावदेखि डराएको होइन ?

हामी सामना गर्छाैँ। डराउने भन्ने कुरै भएन। मैले भनेँ, हाम्रा एजेण्डा छन्। राष्ट्रिय स्वाधिन्ताका मुद्दा माओवादीको, गणतन्त्र, संघीयताको एजेण्डा माओवादीको, समानुपतिको एजेण्डा माओवादीको, धर्म निरपेक्ष एजेण्डा माओवादीको। माओवादीले किन हार्ने ?

त्यसो भए किन माओवादीले गठबन्धसँगै चुनावमा जान खोजेको ?

मैले भनेँ, एउटा उद्देश्यका निम्ति गठबन्धन भएको थियो। त्यो उद्देश्य बिचैमा संकट नआहोस्, देशमा राजनीतिक प्रतिगमन नआहोस्, संविधानलाई ट्र्याक आउट नहोस् भन्नको लागि हामीले गठबन्धन गरेको हो। गठबन्धमा ताँसिरहनुपर्छ भन्ने माओवादीलाई छैन। एजेण्डाहरुसँग गठबन्धनमा जाने हो, पार्टी एकता गरेको होइन। गठबन्धन भनेको त राजनीतिक उद्देश्यका निम्ति बनाएको हो। अन्ततः हाम्रो आफ्नो पार्टी आफैले चलाउने हो। स्वतन्त्र ढङ्गले चलाउने हो।

भनेपछि अवस्था आयो भने माओवादी केन्द्र एक्लै चुनावमा जान्छ ?

त्यसमा कुनै दुई मत छैन। माओवादी केन्द्रले आफ्नो मत जनताको बीचमा लिएर जान्छ, जनताबाट प्रशिक्षित हुन्छ, जनताका कुरा सुन्छ। कमीकम्जोरी भए सच्याउँछ। जनतासँगै रहन्छ। देश बदल्ने जिम्मा लिने पार्टी सानातिना विजय/पराजयबाट आक्तिनुपर्ने त कुनै कारण छैन।

यही अवस्थामा चुनावमा जाँदा माओवादी पार्टी कुन स्थानमा पुग्ला ?

जनताले भने, यो देशको स्वाधिन्ताको पक्षमा उभिने पार्टी माओवादी नै रहिछ। यो देशको परिवर्तनको एजेण्डामा बोल्ने पार्टी त माओवादी नै रहिछ। माओवादी पार्टी मात्रै त्यस्तो शक्तिशाल उभिन सक्दो रहिछ। सबै आँधीहुरी चल्दा माओवादी पार्टी पहिलो भएर आउँछ। माओवादी पहिलो पार्टी भएर मात्रै यो देश उँघाे लाग्छ।

त्यसको आधार के ?

मैले भनेँ, हरेक राजनीतिक पार्टी आफ्नो एजेण्डाका आधारमा खडा हुने हो। ती राजनीतिक पार्टीका विचारलाई लागू गर्ने तिनको राजनीतिक दर्शन र संगठन कस्तो छ भन्ने आधारमा पार्टीहरु बन्छन् वा भत्किन्छन भन्ने कुरा निर्धारण हुन्छ। पार्टीले सही बाटो लिएरको छ भने त्यो पार्टी फैलाउँछ, पार्टीले गलत बाटो लिएको छ भने त्यो पार्टी उँधो लाग्छ। हाम्रो सफलताको आधार त्यही हो।

अब पनि जनताले माओवादीलाई पत्याउलान् ?

हो, माओवादी ०६४ मा ठूलो पार्टी हुँदा जनताको अपेक्षाअनुसार काम गर्न सकेन। यद्धपी, ०१५,सालमा कांग्रेस पहिलो पार्टी भयो, ०४७ मा कांग्रेस पार्टी ठूलो भयो, ०५६ मा पनि कांग्रेस ठूलो पार्टी भयो। पछि ०७० मा पनि ठूलो पार्टी भयो। तर, जनताले भनेअनुसार काम गरेन। एमाले ०५१, ०५४,०७४ मा पनि ठूलो पार्टी भयो। तर, पनि कामग गर्न सकेनन्।

ठूला पार्टी भएर मात्रै जनताको अपेक्षाअनुसार काम गर्न सक्ने रहिन्छन्। माओवादी पार्टी पुरानो पार्टी जस्तो नहोस् भन्ने जनताको जुन सोच छ, त्यसलाई हामी स्वागत गर्छाैँ। र, माओवादी पार्टी फरक धाँतुले भनेको पार्टी हो भनेर जनतामा स्थापित गछौँ।

प्रकाशित मिति: : 2022-02-07 08:52:00

प्रतिकृया दिनुहोस्