मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

कोरोनाभाइरसबाट सङ्क्रमित भएको छ। प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको मङ्गलबार पुष्टि भएको जानकारी दिएका छन्।  

सामाजिक सञ्जालमा उनले लेखेका छन, “मेरो पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको छ।”उनले आफूलाई स्वास्थ्य समस्या नभएको स्पष्ट पार्दै केही समय घरबाटै वा अनलाइनबाटै काम गर्ने जानकारी दिए। मोल्डोभामा पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुल १३ हजार ९८८ जनाको परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको हो। 
कुल ३५ लाख जनसङ्ख्या भएको मुलुकमा अहिलेसम्म चार लाख ४५ हजार ४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। 

प्रकाशित मिति: : 2022-02-02 15:50:00

प्रतिकृया दिनुहोस्