राम्री युवतीको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो ? ब्ल्याकमेलिङमा परिएला !

भारतीय र पाकिस्तानीको फन्दामा वडा अध्यक्षदेखि बैंकका डेपुटी सीईओसम्म

रातोपाटी

काठमाडौँ

एक २० वर्षीय युवकको फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आउँछ, सञ्जना अग्रवालको नामबाट। सुरुमा ती युवकले उनको रिक्वेस्ट स्वीकार गर्दैनन्। तर युवतीको नामबाट लगातार फेसबुकको म्यासेन्जरमा म्यासेज गरिरहन्छिन्। साथी नबनेका कारण ती सबै म्यासेजहरू ‘म्यासेज रिक्वेस्ट’मा थुप्रिएका थिए।

करिब एक साता अघि ती युवकलाई कोरोना सङ्क्रमण भयो। सङ्क्रमण भएपछि उनी कोठामै बस्न बाध्य भए। ४–५ दिन एक्लै कोठामै बस्नु परेपछि उनलाई समय बिताउन गाह्रो हुन थाल्यो। त्यसपछि उनले फेसबुकमा धेरै समय बिताउन थाले। सोही क्रममा करिब २ साता अगाडि आएको ती युवतीको फ्रेन्ड रिक्वेस्ट र म्यासेज पनि देखे।

प्रकाशित मिति: : 2022-01-31 16:33:00

प्रतिकृया दिनुहोस्