युक्रेन संकटः बेलायतले पूर्वी यूरोपमा दोब्बर सेना परिचालन गर्ने

AP Images
AP Images

बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेनाको संख्या दोब्बर पार्ने योजना गरिरहेको जनाएको छ।

युक्रेन तनाव बढिरहेका बेला रसियलाई दबाब दिन बेलायतले पछिल्लो योजना गरिरहेको बीबीसीले जनाएको छ। 

सम्भावित दोब्बर परिचालनले रसियाली प्रशासन क्रेमलिनलाई प्रष्ट सन्देश दिने उनले बताए। तनाब न्यूनका गर्न दुबै देशका रक्षा र विदेश मन्त्रीबीच भेटवार्ताको कार्यक्रम छ।

त्यस्तै, प्रधानमन्त्री जोनसनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई आगामी दिनमा टेलिफोन गर्ने कार्यक्रम छ। 

यसैसाता पूर्वीयुरोप भ्रमण गर्न लागेका प्रधानमन्त्री जोनसनले रसियाको अस्थिर गतिविधि बेलायतका लागि मान्य नभएइको भन्दै सरकार सधै नेटो गठबन्धनसँग उभिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: : 2022-01-30 07:09:00

प्रतिकृया दिनुहोस्