नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीले दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा तोडफोड गरेका छन्।
चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै उनीहरूले ताेडफाेड गरेकाे जनाएका छन्।
‘नियम विपरित अतिरिक्त शुल्क लिएका, विद्यार्थीलाई अवैध करारनामा गर्न बाध्य पारेका र चर्को मूल्यमा नियम विपरीत छात्राबासलाई अनिवार्य बनाई विद्यार्थीलाई लुटिरहेका यी मेडिकल कलेजहरुलाई तत्काल ठगी मुद्दामा कारबाही अगाडि बढाउन विशेष माग गर्दछौं’ विद्यार्थी नेता प्रकाश शाहीले भने।