तालिबान र पश्चिमी अधिकारीहरूबीच ओस्लोमा वार्ता

बिएल संवाददाता

ओस्लो (नर्वे)
Photo: stian lysberg solum/pool via EPA
Photo: stian lysberg solum/pool via EPA

तालिबानले पश्चिमी कूटनीतिज्ञहरूसँग अफगानिस्तानको मानवीय संकटबारे नर्वेकाे राजधानी ओस्लोमा वार्ता गरेकाे छ।

अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, इटाली, युरोपेली संघ र नर्वेका प्रतिनिधिसँगको बन्द भएको वार्ताको ढोका सोमबार ओस्लोबाहिर रहेको सोरिया–मोरिया होटलमा भइरहेको अल्जजिराले बताएको छ।

तीन दिने वार्ताको पहिलो दिन आइतबार तालिबानले अफगान नागरिक समाजका सदस्यहरू जसमा महिला कार्यकर्ता र पत्रकारहरू लगायतलाई मानवअधिकार सम्बन्धी वार्ताका लागि भेटेका थिए।

आइतबारको वार्तामा भाग लिने महिला अधिकारकर्मी जमिला अफगानीले एएफपी समाचार एजेन्सीलाई सकारात्मक आइसब्रेकिंग बैठक भएको बताइन्।

'तालिबानले सद्भावना प्रदर्शन गर्‍याे, हेरौं तिनीहरूका शब्दहरूमा आधारित कार्यहरू के हुने छन्,' उनले भनिन्।

पुरुष प्रतिनिधिमण्डलका १५ सदस्य नर्वे सरकारले चार्टर्ड गरेको विमानमा शनिबार आइपुगेका हुन्। तालिबानले अमेरिकाको नियन्त्रणमा रहेको आफ्नो १० अर्ब डलरको सम्पत्ति रिहा गर्न र अफगानिस्तानलाई विश्वव्यापी व्यापारमा जोड्न माग गर्दै आएको छ।

अगस्ट १५ मा तालिबान सत्तामा फर्किएपछि अन्तर्राष्ट्रिय सहायता रोकिएसँगै पहिलेदेखि नै गम्भीर खडेरीपछि भोकमरीबाट ग्रस्त लाखौं मानिसहरूको अवस्था झन् बिग्रिएको थियो।

अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको अर्बौं डलरको सम्पत्ति रोक्का गरेको र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूद्वारा कोष निलम्बनले बैंकिङ संकट निम्त्याएको छ। जसले अफगानिस्तानको अर्थतन्त्र लगभग पतन भएको छ।

वार्ताको पहिलो दिनको अन्त्यमा बोल्दै तालिबान प्रतिनिधि शफिउल्लाह आजमले एपीसँग भने,'हामी उनीहरूलाई अफगानी सम्पत्तिहरू रोक्का नगर्न र राजनीतिक बहसका कारण साधारण अफगानीहरूलाई सजाय नदिन अनुरोध गरिरहेका छौं। भोकमरी र घातक जाडोको कारण, मलाई लाग्छ कि यो अन्तर्राष्ट्रिय समुदायले अफगानहरूलाई समर्थन गर्ने समय हो। राजनीतिक विवादको कारण उनीहरूलाई सजाय नदिनुहोस।'

उनले पश्चिमी अधिकारीहरूसँगको भेटले अफगानिस्तान सरकारलाई वैधानिक बनाउने कदम भएको बताउँदै यस प्रकारको निमन्त्रणा र सञ्चारले युरोपेली समुदाय (अमेरिका) वा अन्य धेरै देशहरूलाई अफगान सरकारको गलत तस्विर मेटाउन मद्दत गर्ने कुरा उल्लेख गरे।

यद्यपि नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले वार्ता 'तालिबानको वैधानिकता वा मान्यता होइन' भनेर पहिल्यै जोड दिएका थिए।

अफगानिस्तानका लागि विशेष प्रतिनिधि टम वेस्टको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डलले 'प्रतिनिधि राजनीतिक प्रणालीको गठन, तत्काल मानवीय र आर्थिक संकटको प्रतिक्रियाहरु; सुरक्षा र आतंकवाद विरोधी चिन्ताहरू; र मानव अधिकार, विशेष गरी केटी र महिलाहरुको लागि शिक्षा', बारे छलफल गर्ने योजना रहेकाे अमेरिकी राज्य विभागद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।

तालिबानविरुद्ध ओस्लोमा विरोध प्रदर्शन

ओस्लोमा नर्वेली विदेश मन्त्रालयको अगाडि एउटा बरफ स्क्वायरमा भेला भएर करिव २०० जना प्रदर्शनकारीहरूले तालिवानसँगको बैठकको निन्दा गरेको छ। तालिबान सरकारलाई कुनै पनि विदेशी सरकारबाट कूटनीतिक मान्यता पाएको छैन।

'अन्तर्राष्ट्रिय समुदायका कतिपयले भन्न चाहेजस्तो तालिबान परिवर्तन भएको छैन,' करिब २० वर्षदेखि नर्वेमा बसोबास गर्ने नर्वेजियन अफगानी अहमान यासिरले भने,'तिनीहरू २००१ र पहिले जस्तै क्रूर छन्।'

Photo: Torstein Bøe/NTB via Reuters

अगस्टको मध्यमा सत्तामा आएदेखि  तालिबानले व्यापक प्रतिबन्धहरू लगाएको छ। तीमध्ये धेरैले महिलाहरूलाई लक्षित गरेका छन्। जसमध्ये धेरैलाई स्वास्थ्य र शिक्षा क्षेत्र बाहिरका निश्चित कामहरूमा प्रतिबन्ध लगाइएको छ।

विद्यालय खुल्न नसकेकोले उच्च माध्यमिक विद्यालयका छात्राहरु घरमै थुनिएका छन्। गत हप्ता, तालिबानले मार्चको अन्त्यसम्ममा सबै केटीहरूलाई स्कूल फर्कन सक्ने वाचा गरेको थियो।

तथापि तालिबानले बुर्कामाथि प्रतिबन्ध लगाउन छाडेको छन्। जुन १९९० को दशकमा अफगानिस्तानमा शासन गर्दा अनिवार्य थियो।

तालिबानले अधिकारवादी समूहहरू र पत्रकारहरूलाई पनि निशाना बनाएको आरोप लगाइएको छ जसमा धेरै घटनाहरूमा उनीहरूलाई हिरासतमा राखिएको सञ्चार माध्ययमले जनाएका छन्।

प्रकाशित मिति: : 2022-01-25 17:10:00

प्रतिकृया दिनुहोस्