‘बिस्ट’मा थलापति विजयको पारिश्रमिक सय करोड

file photo
file photo

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन्। कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो।

‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन्। समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन्। उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो।

सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो। फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन्। फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ। एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदैछ। थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए।

यद्यपि ‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक विषयमा पुष्टि गरेका त छैनन्। तर अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको खुलाएका थिए।

प्रकाशित मिति: : 2022-01-25 12:56:00

प्रतिकृया दिनुहोस्