विकासमा लापरबाही : एउटै पुल भत्काउँदै बनाउँदै, बनेका पार्किङमा परिणत

‘नेताको खल्तीका आयोजना नहटाए यस्तै हुन्छ’

थाहा खबर

काठमाडौँ

प्रायः लाई लाग्न सक्न देशको राजधानी शहर काठमाडौंमा समयमै विकासको काम हुन्छ। समय सीमाभित्र काम नसक्नेलाई कारबाही हुन्छ। तर, राजधानी शहरमा त्यस्तो छैन। यहाँ पनि काम सुरु भएको वर्षौंसम्म पनि काम अलपत्र नै हुने गरेको छ।

ग्रामीण भेगमा मोटरेबल पुल कहिले १० वर्ष त कहिले १५ वर्षदेखि अलपत्र भएका खबर सुन्न‚ पढ्न पाइन्छ। यस्तो रोगले काठमाडौं सहरलाई पनि गाँजेको छ। काम सुरू गरेर अलपत्र छाड्ने ठेकेदारलाई न कारबाही हुन्छ न त ठेक्का नै तोडिन्छ। यस्तै एक उदाहरण हो– अनामनगरस्थित धोबीखोलामा निर्माणाधीन पुल।

मदन भण्डारी मेमेरियल कलेजअगाडिको पुल निर्माणका लागि २०७२ साउन २१ मा सडक डिभिजन कार्यालय काठमाडौं र भण्डार थोडुङ–जि टेक जेभीबीच तीन करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने हो। तर, सम्झौता भएको दुई वर्षपछि अर्थात् २०७४ सालसम्ममा खोला वारिपारि दुई पिलर मात्र ठडियो। त्यही सालदेखि काम रोकियो। अलपत्र परेको तीन वर्षपछि २०७७ मंसिरदेखि पुनः काम सुरु भयो। तर, गलत डिजाइन भएपछि ती ठडिएको पिलर भत्काइयो। पिलर अग्लो भएकाले भत्काइएको हो। 

प्रकाशित मिति: : 2022-01-25 10:09:00

प्रतिकृया दिनुहोस्