गुपचुप रहेको एउटा सुनकाण्ड: कसले लग्यो रामेश्वरले अन्डरवेरमा लुकाएर ल्याएको सुन ?

लोकान्तर

काठमाडाैँ

वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौंबाट अपहरणमा परेको खुलेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले ३ जना अपहरणकारीलाई पक्राउ गरेर माघ ४ गते सार्वजनिक गरेपछि विदेशबाट सुन ल्याएका रामेश्वर अपहरणको केश बाहिर आएको छ । 

प्रहरीले रामेश्वर रामलाई अपहरण गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने ३२ वर्षीय संयोग राई र ३० वर्षीय रमेश अर्याललाई पुस ३० गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति: : 2022-01-24 18:19:00

प्रतिकृया दिनुहोस्