वनको वेथिति रोक्ने अर्जुनदृष्टि !

मिलन के राउत

उर्लाबारी
Breaknlinks
Breaknlinks

सामुदायिक वन भन्ने बित्तिकै धेरैजसोको मानसपटलमा अनियमितताको बिम्ब खडा हुन्छ। समुदायको हित र उन्नति भन्दापनि केही मुट्ठीभरका व्यक्तिको हालिमुहालि रहने गरेका कारण सामुदायिक वनकाे महत्त्व र गरिमा घट्दो छ। हुनपनि अख्तियारमा उजुरी नपरेका, अनियमितताको आरोप नखेपेका वन समुहहरु सायदै भेटिने गरेका छन्।

वनका बेथितिलाई रोकेर पारदर्शी र लोकहितमा लाग्नु अनेक उल्झन् छन्, तिनलाई पारदर्शिता कायम गर्न  उर्लाबारीका अर्जुन बास्तोला यो बेला कस्सिएका छन्।

उर्लाबारी - २ नम्बर वार्डमा अवस्थित बेतिनी सामुदायिक वनको चुनावी साधारणसभाले स्थानीयस्तरमा ध्यान खिचेको छ।

यहि १४ र १५ गते बेतिनी वनको १९ ओं साधारणसभा तय भएको छ।

एकसय ८७ हेक्टरमा फैलिएको यो वन क्षेत्रफलको आधारमा मात्रै नभएर विविधतामा पनि उर्लाबारीकै अग्रणी हो।

विभिन्न जलचर, वन्यजन्तुको विचरणसंगै मनमोहक सीमसारले पर्यटकहरू लाई लोभ्याउन थालेको वर्षौ भइसके छ। जैविक विविधता संगालेर ठुलो दुरीमा फैलिएको सीमसार सामुदायिक वनको मुख्य निधि हो। जुन बेतिनी सीमसारका नाममा परिचित छ।

पर्यटन प्रवर्द्धनमा जोड दिने र चोरी शिकारलाई निस्तेज पार्ने प्रण गर्दै यूवा व्यक्तितब अर्जुन बास्तोलाले वनको पदाधिकारीमा आफुलाई उभ्याएका छन्।

उनी कोषाध्यक्ष पदका उम्मेदवार हुन्।

सुशासन र आर्थिक पारदर्शिता नै आफ्नो एजेन्डा भएको बताउने अर्जुनले बाल्यकालदेखि नै सामाजिक अभियानमा जोडिएको स्मरण गरे।

मानवअधिकार तथा वातावरण मञ्चमा कर्मचारीको भुमिकामा रहँदा होस् वा ग्रामीण सुधार समन्वय केन्द्रको सचिव पदमा रहँदा होस् ती अनुभवले सामुदायिक वनको उन्नयनमा सघाउ पुर्याउने उनले विस्वास लिएका छन्।

`मुख्यत उपभोक्ताको हित नै हो´ अर्जुनले भने - डेलिभरी गर्ने सवालमा कसैलाई झन्झट दिदैनौ। उनका अनुसार बेतिनी सामुदायिक वनमा गर्नुपर्ने धेरै छन्। वन्यजण संरक्षण, रुखविरुवाका हेरचाह, सीमसारको पुर्वाधार विकास, मानव संसाधनको क्षेत्रमा योगदान गर्ने हेतुले आफू उम्मेदवार बनेको पनि उनले स्पष्ट पारे।

स्नातकोत्तर उनी ग्रामीण विकास र प्राकृतिक स्रोत व्यवस्थापनकै विद्यार्थी हुन्। एकातिर पढाइ र अर्कोतिरअभिरुचि वातावरणसंगै मेल खाएकोले पनि उनी सामुदायिक वनको नेतृत्वमा आफुलाई दाबेदार स्वभाविक मान्छन्।

उनी बेतिनी वनसंगै रहेको गाउँमा जन्मेहुर्केका हुन्। त्यो वनका आरोह/अवरोहसंग उनी अलग छैनन् रे ! यसर्थकि अन्य उम्मेदवारका अगाडि अर्जुन आफुलाई पहिलो हकवाला दाबी गर्छन्। भन्छन् - मैले भुक्तमान व्यहोरेको छु, वनको समग्र विकास  गर्न मसंग दृष्टिकोण छ।

करिब १४ सय उपभोक्ताबाट नयाँ कार्यसमिति चयन हुँदैछन्। अन्य उम्मेदवारका बीचमा `कान्छो उम्मेदवार´ का रुपमा रहेका अर्जुन बास्तोलाले आफुलाई विजयी गराउन सबैमा अपिल गरेका छन्।

प्रकाशित मिति: : 2022-01-24 11:25:00

प्रतिकृया दिनुहोस्