'ग्रिनलाइन'का सञ्चालकले छाडेको 'नोट'ले खुलायो शहरमा मिटर ब्याजको आतंक : हत्यासम्मको धम्की!

पहिलोपोष्ट

काठमाडौँ

'बैंकले ग्रिनलाइनलाई बन्द गराइ ताल्चा लगाइदिएकाले, मिटर ब्याजीहरुको धम्की तथा बैंकहरु आइरहेकाले गर्दा मानसिक अवस्था अस्थिर भएकाले काठमाडौं छोड्न बाध्य भएका हौँ। र, हामी कहाँ जान्छौँ, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगाना छैन। बाँचे भने फेरि भेटौँला।'

पुस २२ गते ओमप्रकाश अग्रवालले यही बेहोराको 'नोट' लेखे। बैंक तथा असंगठित रुपमा धेरैसँग लिएको अर्बौं रुपैयाँ ऋण तथा लकडाउनले बिगारेको आर्थिक अवस्थाका कारण सम्पर्कबिहीन हुन परेको त्यो नोटमा उल्लेख गरे। नोटमा श्रीमती उषा अग्रवालको पनि हस्ताक्षर छ, साक्षीका रुपमा। उनीहरुलाई खोजिनेछ भन्ने बुझेरै लेखिएको उक्त पत्र कोठाभित्र भेटिने ठाउँमा राखे।

पछिल्लो समय ज्ञानेश्वरमा बस्दै आएका अग्रवाल परिवारले घरमा भएका दुई वटा गाडी भने आफूसँगै लिएर गएका छन्। पत्र लेखेको मितिदेखि सिंगो अग्रवाल परिवार सम्पर्कविहीन छ। ओमप्रकाश, अमित, अभिषेक, भारती, उषा, रुचिका सँगै  ओमप्रकाशकी १७ वर्षीया नातिनी नन्दनी, ९ वर्षीया पार्था र २ वर्षीय अनव कहाँ छन्, कसैलाई थाहा छैन।  

प्रकाशित मिति: : 2022-01-18 09:55:00

प्रतिकृया दिनुहोस्