प्रदेश २ को नाम ‘मधेश प्रदेश’

file photo
file photo

प्रदेश २ को नाम मधेश प्रदेश ताेकिएको छ। प्रदेशसभामा सोमबार भएको मतदानबाट प्रदेशको नाम ताेकिएको हो।

प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन्। जुन दुई तिहाइ बहुमत हो। १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो।

साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो। 

प्रकाशित मिति: : 2022-01-17 17:44:00

प्रतिकृया दिनुहोस्