आइसोलेसनमा सरकार !

अनलाइनखबर

काठमाडौं

पाँचदलीय समन्वय समितिको बैठक (२२ पुस)मा सहभागी सत्तारुढ नेताहरूलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एक साता आइसोलेसनमा बसे। पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि देउवा अझै जरुरी भेटघाट तथा बैठकहरूमा मात्र सहभागी हुने गरेका छन्।

तर कोरोना महामारी नियन्त्रणमा सरकारी भूमिका हेर्दा लाग्छ, प्रधानमन्त्री देउवा मात्र होइन, सिंगो सरकार नै कोभिड-१९ बाट आइसोलेट भएर बसेको छ।

कोभिड-१९ आफैंमा छिटो फैलिने भाइरस हो। जनस्वास्थ्यविद्हरूका अनुसार अहिले नेपालमा फैलिएको ओमिक्रोन, यसअघिका भेरियन्टहरू भन्दा अझ संक्रामक छ। अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ओमिक्रोन भेरियन्टमा संक्रमित दोब्बर हुँदै जाने अवधि डेढदेखि दुई दिनको मात्रै देखिएको छ। यसको चेन ब्रेक गर्न भाइरस भन्दा तीव्र गतिमा काम गर्न सक्नुपर्छ। तर सरकारको प्राथमिकतामा कोरोना महामारी नियन्त्रण नपरेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्।

२९ असारमा प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति देउवा मंसीर मसान्तसम्म पार्टी महाधिवेशनमै व्यस्त थिए। उनी पार्टी महाधिवेशनको दौडधुपमा रहेका वेला १९ मंसीरमा नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्ट भित्रिएको पुष्टि भयो। २९ मंसीरमा पार्टी सभापतिमा पुनः निर्वाचित भएका देउवा पछिल्लो समय आफ्नो दल कांग्रेसमा केन्द्रीय सदस्यहरू मनोनयनदेखि १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा सिट भागबण्डामा व्यस्त थिए।

प्रकाशित मिति: : 2022-01-17 15:50:00

प्रतिकृया दिनुहोस्