भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको निधन

File Photo
File Photo

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ। पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति नयाँदिल्लीमा अन्तिम श्वास फेरेका हुन्।

समाचारअनुसार आइतबार राति बिर्जु नातिसँग खेलिरहेका थिए। सोही समयमा उनलाई हृदयाघात भई बेहोस भएका थिए। त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ। उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन्। ‘उनको निधनले सम्पूर्ण कला जगतलाई अपूरणीय क्षति पुगेको छ। शोकको यो घडीमा परिवारजन र प्रशंसकमा समवेदना व्यक्त गर्दछु’, उनले लेखेका छन्।
 

प्रकाशित मिति: : 2022-01-17 11:58:00

प्रतिकृया दिनुहोस्