एनआरएनए पोर्चुगलका पूर्वकानूनी सल्लाहकार खनालको दादागिरी: कर्मचारीलाई ज्यान मार्ने धम्की

एनआरएनए पोर्चुगलका पुर्व कानुनी सल्लाहाकार राजन खनालले आफ्नै कार्यालयमा कामगर्ने महिलामाथी दुर्वेहार गरेको घटना बाहिर आएको छ। 

तनहुका खनाल हाल पोर्चुगलमा कानुन व्यवसायीको रुपमा काम गर्दै आएका छन्।

एनआरएनए पुर्चुगलका तत्कालनी अध्यक्ष तिलक गरैले खनाललाई १९ देखि २१ को कार्यकालमा कानुनी सल्लाकारमा नियुक्त गरेका थिए। 

खनालले आफुमाथि निर्घात कुटपीट तथा दुर्व्यवाहार गरेको आरोप लगाउँदै उनकै कार्यालयमा काम गर्ने एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिरीएको हो। 

लिस्वन स्थित NRC एड्भोकेडमा कार्यरत तथा नेपाली कानुन व्यवसायी समेत भनेर चिनिएका राजन खनालले आफुलाई विगत केही समयदेखीनै शारीरिक तथा मानसिक रूपमा यातना दिईराखेको पिडितको दाबी छ।

खनालले जनवरी १५ तारिकको दिन कार्यालयमा काम गरिरहेको अवस्थामा आएर एक्कासी गाली गलौज गरेको तथा कपाल लुछ्दै नीलडाम हुने गरी कुटपीट गरेको पिडित युवतीले बताएकी छन्। 

एनआरएनए पोर्चुगलका पुर्व कानुनी सल्लाहाकार समेत रहेका खनालले विगत देखीनै आफुमाथि दुर्व्यवाहार गर्ने गरेको र कतै भनेमा ज्यान मार्ने धम्की समेत दिने गरेको पनि उनले उल्लेख गरेकी छिन्।

 ‘म पोर्चुगलको डन हुँ, मेरो रातो पासपोर्ट छ, तैँले कही गएर पनि केही गर्न सक्दैनस्, अन्त कतै गएर भनिस भने तेरो ज्यान तलमाथि हुन्छ’ भन्दै धम्की दिने गरेको पनि ती पीडीतले उल्लेख गरेकी छिन्।

प्रकाशित मिति: : 2022-01-16 19:13:00

प्रतिकृया दिनुहोस्