नेपालको स्तरोन्नति : के पाउँछौँ, के गुमाउँछौँ ?

रातोपाटी

काठमाडौँ

 

संयुक्त राष्ट्र संघले सन् २०२६ बाट नेपालसहित बंगलादेश र लाओसलाई एकैपटक विकासशील राष्ट्रमा स्तरोन्नति गर्दैछ। त्यसका लागि संयुक्त राष्ट्र संघले आवश्यक तयारी गर्न पाँच वर्ष समयसीमा दिएको छ। नेपालले विकासशील राष्ट्रमा स्तरोन्नति हुन आवश्यक तीनमध्ये दुई मापदण्ड पूरा गरिसकेको छ। मानव सम्पत्ति, आर्थिक जोखिमको सूचकांक पूरा गरिसकेको नेपालले प्रतिव्यक्ति आय लक्ष्य अझै भेटेको छैन। 

 

मानव सम्पत्ति सूचकांकमा ६६ भन्दा बढी अंक चाहिनेमा नेपालको ७१.२ अंक छ। यस्तै, आर्थिक जोखिम सूचक ३२ भन्दा कम हुनुपर्नेमा नेपालको २८.४ छ। प्रतिव्यक्ति आयतर्फ भने एक हजार २२२ अमेरिकी डलर हुनुपर्नेमा एक हजार २७ मात्रै छ। 
 

प्रकाशित मिति: : 2022-01-16 18:55:00

प्रतिकृया दिनुहोस्