बिएल संवाददाता
पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी बर्गर क्लबले जितेको छ। शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५औं स्व।रञ्जित गुरुङबगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो। विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ सय ५५ नगद पाएको छ।
टी बर्गरलाई उपाधि जिताउन भूपेन लिम्बुले २ र रमेश गुरुङले एक गोलको योगदान दिए। फाइनल खेलमा म्यान अफ दी म्याचको ट्रफी टी बर्गरका भूपेन लिम्बुले हात पारे। पुस २६ गतेबाट सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट गोल रक्षक टी बर्गरका मीनबहादुर बस्नेत, उत्कृष्ट डिफेण्डर एवीसीका विष्णुलाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड टी बर्गरका नगेन लिम्बु घोषित भए। उनीहरूले जनही नगद ५ हजारका साथमा ट्रफी हात पारे।
४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीहरूको खेलबाट नयाँ पीढीलाई खेलकुदप्रति अभिरुचि जगाउन वर्षेनी प्रतियोगिता हुँदै आएको छ। प्रतियोगितामा २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया