लकडाउनको समयमा पाटी गरेपछि प्रधानमन्त्री कार्यालयले बेलायती महारानीसँग माफी माग्यो

File photo
File photo

बेलायतका प्रधानमन्त्री कार्यालयले बर्किघम प्यालेससँग लकडाउनका बीचमा पाटी गरेकोमा माफी मागेको छ। प्रधानमन्त्रीको सरकारी आवास '१० डाउनिंग स्ट्रीट' का कर्मचारीमाथि दुई पाटी आयोजना गरेको आरोपको थियो।

यस्तो पाटी ड्यूक अफ एडिनबर्गको अन्तिम संस्कारको पूर्व संध्यामा आयोजना गरिएको थियो। लण्डनबाट प्रकाशन हुने 'द टेलीग्राफ' को रिपोर्ट अनुसार यस आयोजनमा करीब ३० जना सहभागी भएका थिए। पाटीमा बिहानसम्म रक्सी र नाचहरु भएका थिए।

यो पाटी यस्तो समयमा भएको थियो जतिबेला विश्वभर कोरोना महामारीको प्रकोप फैलिएको थियो र बेलायतमा कयौं खालका प्रतिबन्धहरु लगाइएको थियो। यी दुबै पाटीमा बेलायती प्रधानमन्त्री बेरिस जोनसन सहभागी भएका थिएनन्।

'१०, डाउनिंग स्ट्रीट' रक्सी र नाँचसँग जोडिएको आरोपमा पहिला एक कर्मचारीको विदाई भाषण आयोजना भएको बताइएको थियो।

बेलायती प्रधानमन्त्रीले हाल सालमा आफ्नो सरकारी आवास '१०, डाउनिंग स्ट्रीट' मा भएको रक्सी पाटीलाई लिएर माफी मागेका थिए। यो पाटी मे २०२० को महामारीको बीचमा आयोजना भएको थियो। 

प्रकाशित मिति: : 2022-01-14 21:22:00

प्रतिकृया दिनुहोस्