बिहिबार, १८ सेप्टेम्बर २०२५

सुनिल शर्माको प्रतिक्रिया : कालो मोसो दलेको हैन, गुन्डाहरुले आक्रमण गर्न खोजे

तेजन खड्का

तेजन खड्का

काठमाडौं
File Photo
• • •

मेडिकल कलेज सञ्चालक सुनिल शर्माले आफूमाथि सिंहदरबारभित्रै केही गुण्डाहरुले आक्रमण गर्न खोजेको बताएका छन्। 

सिंहदरबारबाट बाहिरिएपछि टेलिफोन कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। 

'मलाई मोसो दल्ने कसैको दम छैन। म माथि बैठक सकिएर बाहिरिँदै गर्दा शिक्षा मन्त्रालयको गेटमा गुण्डाहरू बसेका थिए', उनले भने, 'मोसो दल्ने कोसिस गर्न आएका थिए। हाम्रा केटाहरूले उल्टै ठीक पारेर पठाइदिएका छन्।'

उनले सिंहदरबारभित्र सुनियोजित रुपमा आफूमाथि आक्रमण प्रयास भएको बताएका छन्। 

'ममाथि सुनियोजित आक्रमण कोसिस गरेका थिए। गुण्डाहरुले अरु त के गर्न सक्छन् र? यस्ताको के हिसाब भयो र?', उनले प्रश्न गरे, 'अनेरास्ववियुनिकट भन्ने सुनेको छु तर कुन अनेरास्ववियु हो पत्ता लागेको छैन।'

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!