तेजन खड्का
मेडिकल कलेज सञ्चालक सुनिल शर्माले आफूमाथि सिंहदरबारभित्रै केही गुण्डाहरुले आक्रमण गर्न खोजेको बताएका छन्।
सिंहदरबारबाट बाहिरिएपछि टेलिफोन कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।
'मलाई मोसो दल्ने कसैको दम छैन। म माथि बैठक सकिएर बाहिरिँदै गर्दा शिक्षा मन्त्रालयको गेटमा गुण्डाहरू बसेका थिए', उनले भने, 'मोसो दल्ने कोसिस गर्न आएका थिए। हाम्रा केटाहरूले उल्टै ठीक पारेर पठाइदिएका छन्।'
उनले सिंहदरबारभित्र सुनियोजित रुपमा आफूमाथि आक्रमण प्रयास भएको बताएका छन्।
'ममाथि सुनियोजित आक्रमण कोसिस गरेका थिए। गुण्डाहरुले अरु त के गर्न सक्छन् र? यस्ताको के हिसाब भयो र?', उनले प्रश्न गरे, 'अनेरास्ववियुनिकट भन्ने सुनेको छु तर कुन अनेरास्ववियु हो पत्ता लागेको छैन।'
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया