ललितानिवास जग्गा प्रकरण : ‘हाइप्रोफाइल’ उम्काउने दाउ

आयोमेल

काठमाडौँ

कतिपय ‘भिआइपी’ हरूसमेत मुछिएका ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउँदा अब मुद्दा दर्ता हुने सबैलाई लागेको थियो।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा ब्युरोले दुई वर्ष लगाएर गरेको अनुसन्धानको प्रतिवेदन पुस २२ गते सरकारी वकिल कार्यालय काठमाडौंमा बुझायो।

ब्युरोले यसमा करिब ३७० जनाको संलग्नता देखिएको भन्दै रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। ब्युरोले लिखतसम्बन्धी कसुरमा ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरेको हो।

प्रतिवेदनमा प्रतिवादीहरूलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा–२७६ अनुसार लिखित किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको थियो।

त्यो दफाअनुसार मुद्दा चलाउनका लागि त्यस्तो किर्ते गरेको थाहा पाएको मितिले दुई वर्ष हदम्याद तोकिएको छ। र, म्याद मंगलबार नै सकिएको छ।

प्रकाशित मिति: : 2022-01-13 10:40:00

प्रतिकृया दिनुहोस्