...त्यसपछि छाडे शशांक र सुजाताले शेखरको साथ

रातोपाटी

काठमाडौँ

नेपाली काँग्रेसमा सक्रिय राजनीति गरिरहेका कोइराला परिवारका तीन नेता तीनतिर उभिएका छन्। १४ औं महाधिवेशनले कोइराला परिवारका शेखर, शशांक र सुजातालाई तीन कित्तामा उभ्याएको हो।

महाधिवेशनमा तीन नेताबीच ‘पावर सेरिङ’मा हुन नसकेपछि कोइराला परिवार विभाजित भएको खुलेको छ। करिब ६ वर्ष पार्टीको संस्थापन इतर पक्षमा रहेका तीनै जनाले सुरुमा सभापतिमा दाबी गरेका थिए। उनीहरुसहितको नेतृत्व गरेका रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहको पनि शसक्त दाबेदारी थियो।

कोइराला परिवारका तीन नेताले भनिरहेका थिए – हामी (शशांक, शेखर र सुजाता) मध्ये एक। तर, अन्तिममा उनीहरु तीनैजना पौडेललाई सभापतिको उम्मेदवार बनाउन तयार भए का थिए। संस्थापन इतरमा पौडेलको नेतृत्वमा ल्याउन बाँकी प्रकाशन थिए। तर, पौडेल समूहका नेताहरुले टीमको खाका बनाउन थालिसकेका थिए।

प्रकाशित मिति: : 2022-01-12 10:30:00

प्रतिकृया दिनुहोस्