बीपी प्रतिष्ठान सुधार्न खोज्दा मुद्दा खेप्न बाध्य यी स्वास्थ्यकर्मी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानमा लागेका पाँच स्वास्थ्यकर्मी यति वेला अदालतमा मुद्दा खेपिरहेका छन्।

हिमाल खबर

काठमाडौँ

८ पुसमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानका संयोजक डा. एसपी रिमालको हातमा एउटा चिठी पर्‍यो। चिठीमा अदालतको मानहानि गरेको भन्दै सर्वोच्च अदालतमा हाजिर हुन आउने आदेश थियो।

लामो समयदेखि प्रतिष्ठान शुद्धीकरण अभियानको संयोजकका रूपमा सक्रिय डा. रिमालसँगै अन्य चार जनालाई पनि अदालतको मानहानिको अभियोग लागेको थियो। चिठी पढेपछि डा. रिमालले आफूहरूलाई गलत आरोप लगाइएको मात्रै नभई दुःख दिने नियतले मुद्दा दायर गरिएको बुझिहाले।

मानहानिको मुद्दा लाग्नुको कारण अरू केही नभएर अनियमितता विरुद्ध उनीहरूले उठाएको आवाज हो। यसको पृष्ठभूमि लामो छ।

प्रतिष्ठानमा भएका अनियमितता तथा भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग सहित गत १ असारबाट शुरू प्रतिष्ठान शुद्धीकरण अभियानले दुई सय दिन पार गरिसकेको छ। यसबीचमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कागज कीर्ते गरेर प्राध्यापक भएको तथा कार्यकक्षमै मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको जस्ता घटना सार्वजनिक भए।

त्यस्तै, प्रतिष्ठानको सेवा प्रवाहमा गतिरोध आएको, शैक्षिक कार्यक्रम अवरुद्ध भएको र आर्थिक अनियमितता चुलिएको पुष्टि गर्ने ६ वटा महत्त्वपूर्ण प्रतिवेदन पनि सार्वजनिक भए।
 

प्रकाशित मिति: : 2022-01-12 10:18:00

प्रतिकृया दिनुहोस्