सार्वजनिक सेवा लिन ‘खोप कार्ड’ अनिवार्य, कति व्यवहारिक ?

डा. बाबुराम मरासिनी भन्छन् –व्यवहारिक छैन, लागु गर्नु हुँदैन

रातोपाटी

काठमाडाैं

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक सेवा लिन ‘कोरोना खोप कार्ड’ अनिवार्य गरेको छ। आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिस अनुसार सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्न लागेको हो।

‘माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने’, सीसीएमसीसीले आइतबार सार्वजनिक गरेको १३ बुँदे सिफारिसको ३ नम्बर बुँदामा भनिएको छ, ‘सार्वजनिक स्थानहरूमा (कार्यालय, होटल, रेष्टुरेष्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको भ्याक्सिन लगाएको खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने ) साथमा राख्ने र ती निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ सात गतेदेखि लागु गर्ने व्यवस्थाका लागि सबै डीसीएमसीलाई गृहमन्त्रालय मार्फत सिफारिश गर्ने ।’

प्रकाशित मिति: : 2022-01-11 17:31:00

प्रतिकृया दिनुहोस्