कसरी टुट्यो अमिताभ बच्चन र रेखाबीचको सम्बन्ध?

बलिउडका महानायक हुन्–अमिताभ बच्चन। हिन्दी सिनेमामा जब अमिताभको नाम लिइन्छ, त्यहाँ उनकी प्रेमीका रेखाको पनि नाम जोडिन्छ। उनीहरुको प्रेम सम्बन्धले कुनै समय निकै चर्चा लिएको थियो। दर्शकहरु जान्न चाहन्थे, कि उनीहरुको प्रेम कहाँ र कसरी सुरु भयो। अनि कसरी बेक्र लाग्यो। 

कहाँ भेटे अमिताभ र रेखा? 
१९७६ मा उनीहरुको भेट फिल्म ‘दो अन्जाने’ को शुटिङमा भएको थियो। त्यसबेला अमिताभको जया भादुरीसँग विवाह भइसकेको थियो। जब उनीहरुबीच ‘अफेयर’ सुरु हुन थाल्यो, तब उनीहरु रेखाको एक साथीको घरमा भेट्ने गथे। उनीहरुको सम्बन्ध तबसम्म चल्यो। जबसम्म कसैले थाहा पाएनन्। 

मिडियामा फैलियो अफेयरको खबर
१९७८ मा फिल्म ‘गंगाकी सौगन्ध’ शुटिङका क्रममा जब रेखासँग एक सहयोगी स्टारले नराम्रो व्यवहार गर्यो। तब अमिताभ उनीमाथि खनिएका थिए। जसकारण उनीहरुको कुरा मिडियामा फैलिन थाल्यो। उनहरुबीचको अफेयर फैलिन थाल्यो। तर पनि उनीहरुले आफ्नो कुरा कहिल्यै बताएनन्। त्यो कुरा अस्वीकार गरिरहे। फिल्म ‘सिलसिला’ का निर्देशक यश चोपडाले एकपटक अमिताभ र रेखाबीचको अफेयरलाई सही बताएका थिए। 

रेखासँग अमिताभको विवाहका खबरहरु फैलिन थालिसकेको थियो। जब रेखा अभिनेता ऋषि कपूर र उनकी पत्नी नीतू सिंहको विवाहमा सिन्दुर र मङगलशुत्र लगाएर गएकी थिइन्। तब उनको विवाहे अमिताभसँग भएको अनुमान लगाउन थाल्यो। रेखा अमिताभ भएका ठाउँमा गएको देखेर जया रिसाएकी थिइन्। उनले बताएकी थिइन् आफूलाई कठोर बनाउँदा बनाउदै उनको आँखाबाट आसुँ झरेको थियो। 

जयाले रेखालाई बोलाएकी थिइन्
रिर्पोटका अनुसार जयाले रेखालाई खाना खानका लागि घरमा बोलाएकी थिइन्। त्यसैबेला जयाले रेखासँग आफ्नो श्रीमान नछोड्ने बताएकी थिइन्। रेखाले महसुस गरिसेकेकी थिइन्। अमिताभसँग विवाह गर्ने कि जीवनभर एक्लै बस्ने भनेर। 

१९८४ मा एक अन्र्तवार्ताका समयमा रेखाले भनेकी थिइन् मिस्टर बच्चन पहिलाको जमानाका छन्, उनी कसैलाई दुख दिन चाहँदैनन्। झन आफ्नो श्रीमतीलाई किन दुख दिन्थ्यो होला र? उनले यही पनि भनेकी थिइन्, उनीहरुकोबीचको प्रेम अरुले थाहा पाउन किन जरुरी छ? उनी मलाई माया गर्छन्, म उसलाई गर्छु। 

उनीहरुले आफ्नो सम्बन्धबारे कहिले पनि खुलेर बोल्न चाहेनन्। फिल्म ‘सिलसिला’ उनीहरुको अन्तिम फिल्म थियो। जहाँ यश चोपडाले यस्तो कहानी बनाएका थिए, जया उनको श्रीमती भने रेखा उनको प्रेमीका बनिन्। 

रेखा र अमिताभको सम्बन्ध फिल्मका कारण बाहिरिदै गयो। किनकी रेखालाई दोस्रो महिला बनेर अमिताभसँग घरजम गर्नु थिएन। उनले थाहा पाइन् कि यस्तो सम्बन्धमा केही भविष्य छैन्। अमिताभले पनि आफ्नी श्रीमतीलाई छोड्न चाहेनन्। जसकारण उनीहरुको प्रेमकहानी अन्त भयो।

रेखाले लगाउने सिन्दुर कसका लागि?
रेखाले लगाउने सिन्दुरका बारे बारम्बार चर्चा हुने गर्छ। उनको यस्तो ‘स्टाइल’ लाई धेरैले अपनाइरहेका पनि छन्। तर फिल्म अभिनेता पुनीत इससरकी श्रीमती दीपाली इस्सरले यसबारे भनेकी थिइन् अमिताभ बच्चनका लागि रेखा सिन्दुर लगाउने गर्छिन्। जबकी रेखाले भने आफूलाई मन लागेर सिन्दुर लगाउको बताएकी थिइन्। 


 

प्रकाशित मिति: : 2022-01-11 18:02:00

प्रतिकृया दिनुहोस्