क्यानका 'लोभी' महानिर्देशक– उमेरहदले अवकाश पाएपछि पनि पदमा रहिरहन दौडधूप

लोकान्तर

काठमाडाैँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री ऐन र नियमावलीलाई पन्छाउँदै महानिर्देशकको पदावधि लम्ब्याउन दौडधूपमा लागेका छन् । क्षेत्री आफ्नो पदावधि लम्ब्याउन कानूनी उपचारको बाटोमा लागेका हुन् । उनले शुक्रवार अदालतबाट अन्तरकालीन अन्तरिम आदेश ल्याएर आफ्नो पदावधि एक साता लम्ब्याइसकेका छन् ।  

थप अवधि लम्ब्याएर चार वर्ष पुर्‍याउन क्षेत्रीले अदालतको ढोका ढक्ढक्याएका हुन् ।

मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर क्षेत्रीले दायर गरेको यो मुद्दामा सर्वोच्चले पुस ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति: : 2022-01-10 18:36:00

प्रतिकृया दिनुहोस्