मन्दिरको ६ रोपनी जग्गा र भवनमा पनि बतासको व्यापार

पशुपतिको धर्मशालामा लज, नारायणहिटी परिसरभित्र रेस्टुरेन्ट, सेती नदीको ढुंगा–गिटी दोहन गर्ने मात्रै नभएर बतास अर्गनाइजेसनले राजनीतिक र आर्थिक शक्तिको आडमा टंगालको लक्ष्मीनारायण मन्दिरको पाँच रोपनी १० आना जग्गा र चारतले घर विनाप्रतिस्पर्धा ३५ वर्षका लागि लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाएको छ।

राजनीतिक शक्तिका आडमा नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट चलाउने अनुमतिदेखि सेती नदीको गिटी–बालुवा झिकेर प्राकृतिक दोहन गर्नेसम्मको ठेक्का लिएको बतास अर्गनाइजेसनले गुठी र मन्दिरका सम्पत्तिमा समेत कब्जा जमाएको छ । सञ्चालक समितिका केही सदस्यलाई प्रभावित बनाएर सांस्कृतिक र पुरातात्विक महत्वका संरचनामा उसले मनपरी खेलबाड गरिरहेको छ । 

प्रकाशित मिति: : 2022-01-07 07:13:00

प्रतिकृया दिनुहोस्