बतास समूहको कब्जामा पोखराका आर्ट ग्यालरी, पुस्तकालय र थियटर बनाउने ठाउँ

सेतोपाटी

युवराज श्रेष्ठ

पोखरा महानगरपालिकाले केही समयअघि महेन्द्रपुलको एकमात्र आर्ट ग्यालरी भत्काउने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध पोखराका कलाकर्मी मात्र होइन, कलापारखी सर्वसाधारणले समेत विरोध जनाएका थिए।

विरोध सामना गर्न नसकेपछि मेयर मानबहादुर जिसीले अर्को व्यवस्था गरेर मात्र भत्काउने आश्वासन दिए। उनले नयाँबजारस्थित प्रदेश संग्रहालयको खुला ठाउँमा आर्ट ग्यालरी बनाउने भनेपछि कलाकर्मी हौसिए।

कलाकारहरूका लागि आर्ट ग्यालरी र पाठकका लागि सार्वजनिक पुस्तकालय एकैठाउँ बनाउने गण्डकी प्रदेश सरकारको योजना छ। त्यही भवनको 'अन्डरग्राउन्ड' मा थियटर शैलीको श्रव्यदृश्य सामग्री प्रस्तुत गर्न सकिने सभाहल बनाउने प्रदेश सरकारले भनेको छ। यी योजना पूरा गर्न संग्रहालयले २० लाख रूपैयाँमा डिपिआर बनाउन ठेक्का दिइसकेको छ।

प्रकाशित मिति: : 2022-01-07 06:00:00

प्रतिकृया दिनुहोस्