देउवासँग लड्दै लड्दै नजिकै पुगेका शेखर ‘किनार’मा हुत्याइए

आयोमेल

काठमाडौँ

सभापतिमा दोस्रोपटक निर्वाचित भएर पार्टी कार्यालय सानेपामा प्रमाणपत्र लिँदै देउवाले भनेका थिए, ‘हिजो मलाई भोट हाल्यो, हालेनसँग मलाई मतलब छैन। सबैको सभापति बनेर सबैको भावना कदर गर्दै अगाडि बढ्नेछु, त्यसमा सबैको निष्पक्ष सहयोग र सद्भावको अपेक्षा गर्छु।’

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको केही दिनपछि पुस १७ गते रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरे।

पहिलो चरणमा केन्द्रीय सदस्य नियुक्त गरेको २४ घण्टा नबित्दै थप तीनजना देउवाको मनोयन सूचीमा परे।

देउवाले दोस्रो चरणमा मनोनयन गरेका केन्द्रीय सदस्यको सूचीमा जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरूङ थिए।

महाधिवेशनमा प्रत्यक्ष–अप्रत्यक्ष ढंगबाट सहयोग गर्नेदेखि आफ्नो समूहबाट पराजित पदाधिकारीका प्रत्यासीलाई देउवाले पहिलो दुई चरणमा केन्द्रीय सदस्य मनोनित गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-01-05 14:31:00

प्रतिकृया दिनुहोस्