नवलपरासीबाट पाकिस्तान पुगेको त्यो गिद्ध फेरि फर्किएर आएन

रातोपाटी

काठमाडौँ

सन् २०१८ मा नवलपरासीबाट उडेको एउटा गिद्ध भारत हुँदै पाकिस्तानको सीमा क्षेत्रमा पुग्यो । आहारको खोजीमा उडेको त्यो गिद्ध पाकिस्तान पुगेको पुष्टि भए पनि त्यसपछि बेपत्ता नै छ । संरक्षणकर्मी र  पन्छी अध्येताहरुले सो गिद्धबारे चासो दिइरहेका छन् तर त्यसको कुनै अत्तोपत्तो छैन ।

सन् २०१८ वर्षको अगष्ट अन्तिम साता ६ वटा जंगली गिद्धलाई ट्याग र जीपीएस जोडेर नवलपरासीबाट छाडिएको थियो । तीमध्ये पाँच वटा गिद्ध अझै जीपीएसको माध्यमबाट सम्पर्कमै रहे पनि एउटा गिद्ध भने भारत हुँदै पाकिस्तान पुगेको र त्यसपछि गायब भएको अध्येताहरूको भनाइ छ ।

नेपाल पन्छी संरक्षण केन्द्रलगायतले पटकपटक त्यो गिद्धको खोजीमा चासो देखाउने गरेका छन् । नेपाल पन्छी संरक्षण संघ, गिद्ध संरक्षण कार्यक्रमका प्रबन्धक अंकित जोशीका अनुसार त्यो बेला छाडिएका ६ गिद्धमध्ये ५ वटा अहिलेसम्म सम्पर्कमा रहे पनि एउटा गिद्ध पाकिस्तान पुगेर बेपत्ता भएको छ ।

प्रकाशित मिति: : 2022-01-05 14:18:00

प्रतिकृया दिनुहोस्