कांग्रेस प्रदेश सभापतिले मागे केन्द्रीय सदस्यकै हैसियत

सेतोपाटी

काठमाडौं

नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले केन्द्रीय कार्यसमिति बैठकमा वैधानिक रूपमै आफूहरू सहभागी हुन पाउनुपर्ने व्यवस्था गरिदिन माग गरेका छन्।

सातै प्रदेशका सभापतिलाई कांग्रेसले सोमबार पहिलो पटक केन्द्रीय कार्यसमिति बैठकमा सहभागी गराएको थियो।

राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्न राखिएको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए।

टिकट बाँड्ने बेला मात्र नभई आफूहरूलाई नियमित केन्द्रीय कार्यसमिति बैठकमा पनि उपस्थित हुने वैधानिक व्यवस्था गर्नुपर्ने प्रदेश सभापतिहरूको माग छ।

प्रदेश सभापतिहरूका तर्फबाट सोमबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै लुम्बिनी सभापति अमरसिंह पुनले आफूहरूलाई केन्द्रीय समितिमा आउने वैधानिक व्यवस्था गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका थिए।

प्रकाशित मिति: : 2022-01-04 14:44:00

प्रतिकृया दिनुहोस्