कोषहरूमा थुप्रियो ७ खर्ब : कसैलाई पैसा परिचालन गर्न गाह्रो, कसैलाई सञ्चयकर्ता जोगाउन मुस्किल

लोकान्तर

राजु बास्कोटा

राज्यका विभिन्न निकायले फरक–फरक शीर्षकबाट लगानी तथा सेवाग्राहीको हितका लागि कोष खडा गरेर रकम जम्मा गर्दै आएका छन् ।

तीन अर्बभन्दा माथि पैसा रहेका ठूला कोषहरूमा जम्मा भएको रकम मात्र ७ खर्ब नाघिसकेको छ ।

यसरी रकम जम्मा गर्नेमा नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (५ अर्ब)देखि कर्मचारी सञ्चय कोष (करीब ४ खर्ब)सम्म छन् ।

हाल सञ्चालनमा रहेका कोषहरूमध्ये कसैलाई कोष वृद्धि गर्न समस्या भइरहेको छ भने कसैलाई सञ्चयकर्ता जोगाएर स्रोत बढाउनुपर्ने चुनौती छ ।

केही कोष भने जम्मा भएको रकम खर्च गर्न नसकेर ब्याज मात्रै खाएर बसेका छन् ।

सञ्चयकर्ताको सबैभन्दा धेरै रकम परिचालन गर्ने र पहिलो संस्था कर्मचारी सञ्चय कोषलाई सामाजिक सुरक्षा कोष आएपछि योगदानकर्ता बढाउन चुनौती थपिएको छ । 

यो संस्थामा निजामती कर्मचारी, प्रहरी, शैक्षिक संस्था, संस्थान र बैंकिङ क्षेत्रसहितका कर्मचारीले मासिक योगदान गर्छन् । तर, जति क्षेत्रबाट योगदान हुन्छ, ती क्षेत्रका योगदानकर्तालाई जोगाउन भने कोषलाई चुनौती बढिरहेको छ ।

प्रकाशित मिति: : 2022-01-03 19:59:00

प्रतिकृया दिनुहोस्