सयौं इजरायलीद्वारा जेरुसेलमको अल-अक्सा परिसरमा आक्रमण 

Photo: aa.com.tr
Photo: aa.com.tr

प्यालेस्टिनी एजेन्सीका अनुसार आइतबार सयौं इजरायली बसोबास गर्नेहरूले पूर्वी जेरुसेलमको फ्ल्यासपोइन्ट अल-अक्सा मस्जिद परिसरमा कब्जा गर्ने मनसायले जबर्जस्ती प्रवेश गरेका छन्।

जेरुसेलमका पवित्रस्थलहरूको निरीक्षण गर्ने जोर्डनद्वारा सञ्चालित इस्लामिक वक्फ विभागले जारी गरेको एक विज्ञप्तिको अनुसार आक्रमणकारीहरु इजरायली पुलिसको सुरक्षामा अल-मुगरबाह गेटबाट परिसरमा प्रवेश गरेका थिए।

अल-अक्सा मस्जिद मुस्लिमहरूको लागि विश्वको तेस्रो-पवित्रस्थल हो। यहूदीहरूले यस क्षेत्रलाई 'टेम्पल माउन्ट' भनि दावी गर्दै उक्त क्षेत्रमा पुरातन समयमा दुई यहूदी मन्दिरहरूको स्थल रहेको बताउँछन्।

इजरायलले बसोबास गर्नेहरूलाई सन् २००३ देखि लगभग हरेक दिन मस्जिदको परिसरभित्र छिर्न अनुमति दिएको छ।

अल-अक्सा अवस्थित भएको पूर्वी जेरुसेलमलाई इजरायलले सन् १९६७ को अरब-इजरायल युद्धको समयमा कब्जा गरेको थियो। इजरायलले सम्पूर्ण सहर सन् १९८० मा गाभे पनि अन्तर्राष्ट्रिय समुदायले कहिल्यै मान्यता दिएको छैन। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: : 2022-01-03 13:58:00

प्रतिकृया दिनुहोस्