‘क’ माने कछुवा

बाह्रखरी

काठमाडौँ

'कछाड बाँधेर कसार टोकेको बिर्स्यौ ? कसलाई कहाँ के कति भन्नुपर्ने हो, अलि सोचेर भन्नू।' बुढीको कचकच फेरि सुरु भएजस्तो थियो फोनमा । खै कोसँग हो, त्यसको भेउ पाउनचाहिँ सकिनँ मैले।

साँच्चै भन्ने हो भने सोध्न मन पनि लागेन। कहीँ नभएको नाता गाँस्दै मान्छे बटुल्न मन लाग्छ उनैलाई। अनि, सिन्को भाँचिएको निहुँमा पनि कचकच गर्नुपर्छ उनलाई ! तर के गर्नु, नसुनु भन्दा पनि उनको अवाज आइरहेको थियो, कानमा ठोक्किन।

चिच्याइन् उनी फेरि, 'कुन साइतमा तँजस्तो कुकुरसँग कुरा गर्न पुगिएछ । कुलंगार, कुजात ! तेरो कन्पारामा कर्कटले कालो डाम पार्नु पर्ने।' उनको उत्तेजित स्वरले त्यतिखेरचाहिँ मलाई तान्यो।

उत्सुकतावश म नजिकै पुगे। उसको फोनवार्ता अझै सकिएको थिएन। उनी भन्दै थिइन्, 'कालले कुत्कुत्याएको कुसुन्डो ! तँलाई मैले भेटुँ न मात्रै, मैले जानेको छु।'

प्रकाशित मिति: : 2022-01-01 17:08:00

प्रतिकृया दिनुहोस्