छाया लेखन : कसको छाया, कस्तो छाया ?

बाह्रखरी

डा.काेमल फुयाल

नियमित छलफलको क्रममा एकजना मित्रले कुनै लेखनको विषयमा कुराकानी गरिरहनुभएको सुनेँ। सुरूमा मैले विषय र सन्दर्भ बुझ्न सकिनँ। सोधेँ, “कस्तो लेखन भन्नुभयो ?” 
उहाँले हार्दिक जवाफ फर्काउनुभयो, “छाया लेखन।” 
मैले अझै पनि बुझिनँ। थप जान्न चाहेँ, “के भनेको त्यो ?” 
उहाँले सहज भन्नुभयो, “घोस्ट राइटिङ।” 
“ए ! गोस्ट राइटिङको कुरा पो गर्नुभएको ! त्यस्तो लेखन गर्नु हुन्न,” मैले थपेँ। 
“काठमाडौंमा सबैले गर्छन्। त्यति ठूलठूला मानिसलाई किताब लेख्ने फुर्सद कहाँ हुन्छ ?” उहाँले अझै यसको आवश्यकता प्रष्ट्याउने यत्न गर्नुभयो।

प्रकाशित मिति: : 2022-01-01 10:36:00

प्रतिकृया दिनुहोस्