किन विवादित बन्यो भारतमा रोनाल्डोको मूर्ति ?

बाह्रखरी

काठमाडौँ

भारतको पश्चिम गोवामा निर्माण गरिएको विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको मूर्ति यतिबेला विवादमा आएको छ । 

फुटबल अत्यधिक लोकप्रिय रहेको ठाउँ भएर पनि युवाहरुलाई सो मूर्तिले प्रेरित गर्ने अपेक्षासहित अधिकारीहरुले त्यसलाई स्थापित गराएका थिए । 

तर अर्कोतर्फ गोवा पूर्व पोर्चुगिज कोलोनी पनि हो र त्यसबाट स्वतन्त्र भएको ६० वर्ष मात्र भएको छ । यस्तोमा आलोचकहरुले स्थानीय फुटबल खेलाडी सम्मानको बढी हकदार भएको बताइरहेका छन् । राष्ट्रिय टोलीका थुप्रै सदस्यहरु गोवाको भएको हुँदा पनि उनीहरुको प्रचार गर्न सकिने बताइएको छ । 

गोवाका एक स्थानीयले इआन्स न्युज एजेन्सीसँग भने, “हामी यहाँ रोनाल्डोको मूर्ति राखिएका प्रति एकदमै निराश बनाएको छ । किनकी हामीले आफ्नै आइकन्स जस्तै समिर नाइक र ब्रुनो कोटिन्होप्रति गर्व गर्न सिक्नुपर्दछ ।”

यसरी मूर्तिको उद्घाटनकै बेला केही मानिसहरुले यसको विरोधमा कालो झन्डा पनि देखाएको टाइम्स अफ इन्डिया दैनिकले रिपोर्ट गरेको थियो । 

प्रकाशित मिति: : 2021-12-30 12:00:00

प्रतिकृया दिनुहोस्