जसका बुवा बुटवलबासीलाई फिल्म हेर्न सिकाएर बेपत्ता भए

बटौलीका सिनेमा हलवालाको दुईपुस्ते कहानी

सेतोपाटी

काठमाडौँ

आजभन्दा करिब पाँच दशकअघिको कुरा हो।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हुँदाताका बुटवलको बटौली बजार गुलजार थियो। त्यसमाथि उबेलै एउटा सिनेमा हल! 

२०३१ सालतिरको कुरा हो, महेश्वरगोपाल लाकौलले आफ्नै घरमा सिनेमा हल खोलेका थिए। त्यसको नाम थियो- मिलन प्रकाश चलचित्र मन्दिर।

त्यति बेला नेपाली फिल्म फाट्टफुट्ट मात्र बन्थे। भारतीय फिल्म पनि उतैको हलमा देखाएको धेरै समयपछि मात्र नेपाल आउँथे। बटौलीको एक मात्र सिनेमा हल पनि बन्द भएपछि चलचित्र हेर्न रूचाउनेहरू भैरहवा, भारतको नौतनवा र गोरखपुरसम्म जान थाले। जब नयाँ फिल्म लागेको थाहा हुन्थ्यो, उनीहरू साइकलमा बत्तिँदै उता पुग्थे।

बुटवलका रामचन्द्र क्षेत्रीलाई आफ्नो ठूलो साइकल दुई-तीन घन्टा चलाएर हरेक साता नौतनवासम्म फिल्म हेर्न जाँदाको रमाइलो अहिले पनि सम्झना आइरहन्छ।

'नौतनवामा जयहिन्द र ओम भन्ने दुइटा हल थिए। नयाँ फिल्म लागेको छ रे भन्ने थाहा पाएपछि साथीहरू मिलेर साइकलमै पुग्थ्यौं,' रामचन्द्र भन्छन्, 'बुटवलबाट ३५/४० किलोमिटरको बाटोपछि अर्को साथीलाई राखेर साइकल कुदाउँदा पनि फिल्म हेर्ने हुटहुटीले थकाइ लाग्थेन।'

स्कुल र क्याम्पस पढ्दा बिदाको दिनमा साथीहरू मिलेर धेरैपटक भैरहवा र नौतनवा पुगेको उनी बताउँछन्।

प्रकाशित मिति: : 2021-12-30 11:31:00

प्रतिकृया दिनुहोस्