के प्रचण्ड १५ दिनसम्म श्रम गर्न खेतबारी पस्लान्?

पहिलोपोष्ट

काठमाडौँ

नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’का लागि भन्दै काठमाडौंमा जारी छ। शुक्रवारसम्म चल्ने सम्मेलनले पार्टीको ‘नयाँ नेतृत्व’सँगै विचार पनि तय गर्ने छ।

नेतृत्वका नाममा अध्यक्ष प्रचण्ड नै दोहोरिने निश्चित छ। पदाधिकारीमा आउने अनुहार पनि निश्चित जस्तै छन्। हालका स्थायी कमिटीका सदस्यहरु सबै पदाधिकारीमा अट्दै छन्।

विचारको बहसका लागि भन्दै अध्यक्ष प्रचण्डले ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा दस्तावेज प्रस्तुत गरेका छन्। प्रतिवेदन पारित भए अब प्रचण्डसमेत कम्तिमा वर्षमा १५ दिन श्रममा जोडिनुपर्ने छ।

के प्रचण्ड कृषि फार्ममा गएर गोबर सोहोर्ने छन्? खेत जोत्ने छन्?  शान्ति प्रक्रियामा आइसकेपछि शहर पसेका नेताहरु विलासितामा फस्दै गएको र हिजोको श्रम भुल्दै गएको प्रचण्ड स्वयंले पछिल्ला भाषणहरुमा भन्दै आएका छन्। उनले यसको निर्मम समिक्षा गर्ने भन्दै पनि आएका छन्। हिजो श्रमसँग जोडिएको पार्टी जनताको खेतमा धान रोप्दै र काट्दै हिँडेका कार्यकर्ताहरु अहिले माओवादी केन्द्रसँग कति छन्? 

प्रकाशित मिति: : 2021-12-30 10:26:00

प्रतिकृया दिनुहोस्