यसपटक दुःखसुखका कुरा

बाह्रखरी

काठमाडौँ

अहिलेलाई राजनीतिमा लेख्नुपर्ने विषय बाँकी छैन। धेरैले लेखेका छन्, देखेका छन् र भोगेका छन्। लेख्न सक्नेले त्यही लेखेका छन् भोग्नेले जे भोगेको हुन्। भन्न सक्नेले त्यही व्यक्त गरेका छन्  लेख्नेले जे लेखेका छन्। बाँकी के छ र नेपाली राजनीतिको सामयिक चरित्र वा प्रवृत्ति र व्यवहारबारे लेख्न, भन्न ?

राजनीतिमा सद्य प्रवृत्तिमा फरक आए लेखकीय सामग्री हुने नै छ। नभए उही चरित्र, प्रवृत्ति र संस्कृतिको उल्टाइपल्टाइ नै त हो नि भाषाको व्यक्त भिन्न प्रस्तुति। कति लेख्नु प्रस्तुतिको भिन्नतामा त्यही चरित्र प्रवृत्तिलाई ? दिक्क लाग्दो परिदृश्य। के परिवर्तन निकट छ ? चरित्रमा, प्रवृत्ति र शैलीमा ? त्यस्तो लाग्दैन, देखिँदैन। यिनै नेता, यही नीतिहीनता।

ठूला दलका महाधिवेशन सकिएका छन्। भव्य भेला भएका छन्। तर, के नयाँ जीवन तिनमा देखिएको छ ? व्यक्त भाषाको चकाचौँधमा नयाँ सोच, शैली र व्यवहारमा कुनै नयाँ प्रत्याभूति यो जमानाले पाएको छ ? भाषाको चामत्कारिक प्रवाहमा आएका दस्ताबेजको सकारात्मक व्याख्या गर्न चाहनेका लागि आआफ्नो पार्टीको महाधिवेशन एक औजार हुन सक्छन्। तर, के यिनै पार्टीका हर्ताकर्ता र भोक्ताकै लागि पनि ती दस्तावेज र तिनका नेताको प्रतिबद्धता विश्वसनीय छन् त ?

प्रकाशित मिति: : 2021-12-30 10:17:00

प्रतिकृया दिनुहोस्