जोर्डनको संसद भवनभित्रै सांसदहरूबीच कुटाकुट [भिडियाेसहित]

जोर्डनको संसद भवनभित्र संविधान संशोधनको विषय उठेपछि मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ।

लैङ्गिक समानतासँग सम्बन्धित ऐनमा संशोधनबारे बहस चल्दै गर्दा सांसदहरू एकआपसमा भिड्न थालेपछि संसदको मंगलबारे सत्र नै स्थगित गरिएकाे अधिकारीहरूले बताएका छन्।

विवाद र चर्काचर्कीपछि सत्तापक्ष र विपक्षी सांसदहरूबीच संसदभित्रै कुटाकुट भएको हो। सभामुखले उप–सभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको बताइएकाे छ।

सांसदहरू एकअर्कालाई समात्दै मुक्का हानाहान गरेको प्रत्यक्ष प्रसारित एक फुटेजमा देख्न सकिन्छ। उनीहरू कुटाकुट गर्दा हलभित्रैका सहकर्मीहरू रोक्न तम्सिन्छन्। तर सक्दैनन्।

संसदभित्रै कुटाकुट र मुक्का हानाहान गरिरहेका बेला पृष्ठभूमिमा अन्य सांसदहरू चिच्याएको सुनिन्छन्। लगतै, उप–सभामुख भुइँमा ढलेकाे उक्त फुटेजमा प्रष्टै देखिन्छ।

लैङ्गिक समानतासँग सम्बन्धित ऐनमा संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको थियो। त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र  क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए।

जोर्डन संसदीय राजतन्त्र भएको मुलुक हो। सन् १९५२ मा राजा अब्दुल्लाहका हजुरबुबाले ‘जोर्डन राज्य’को संविधान बनाएका थिए। २९ पटक संशोधन गरिएको यो संविधानमा राजनीतिज्ञहरूका अझै असहमतिहरू छन्।

प्रकाशित मिति: : 2021-12-29 14:10:00

प्रतिकृया दिनुहोस्